२०८३, कार्तिक १५ गते

Nov 01 2026 | २०८३, कार्तिक १५ गते

प्युठानमा ट्याक्टर दुर्घटना, ७ जना रोल्पालीको मृत्यु

मंगलवार , श्रावण ६, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • प्युठान ४ साउन । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार शनिबार मध्य राति १ बजेतीर स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुने सबै जना रोल्पाका नागरिक हुन् ।

    मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोबर्धन बुढामगर छन् ।

    मृतकहरु भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको सो ट्याक्टरमा आठ जना सवार थिए । तीमध्ये रोल्पाका विशाल थापा मात्र हामफालेर बाँच्न सफल भएका थिए ।

    ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विबरण आउन बाँकी छ ।