भैरहवा, ५ साउन । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा संकटासन्न संकटासन्नता तथा क्षमता विश्लेषण कार्यशाला सम्पन्न भएको छ ।
नमुना एकीकृत विकास परिषद रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका सातवटै वडाका वडाअध्यक्ष, ज्येष्ठ नागरिक र महिला गरी २१ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई विगत ३० वर्षको प्रकोप सम्बन्धि ऐतिहासिक समयरेखा, स्थलगत विश्लेषण सम्बन्धि चित्रको विश्लेष्ण, मौसमी पात्रोको विश्लेषण, संकटासन्न समुदायको जनसंख्या विश्लेषण, संकटासन्न समुदायको जनसंख्या विश्लेषण र सामाजिक नक्साको सम्बन्धि कार्यशाला सम्पन्न भएको थियो ।
नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख कमल अर्याल लगायतको उपस्थिति रहेको थियो । नमूनाका अध्यक्ष पौड्यालले कार्यक्रमले गाउँपालिकालाई विपद् व्यवस्थापन सम्बन्धि योजना बनाउन सहयोग