२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

सरावल गाउँपालिकाको कृषिशाखामा चोरी

मंगलवार , आषाढ ८, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • नवलपरासी ,८ असार

    पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको कृषिशाखामा चोरी भएको छ । सोमबार राति अज्ञात समुहले सरावल गाउँपालिका अन्तर्गत रहेको कृषि शाखामा कार्यालयको ताला फोडी चोरी गरेको कृषि शाखा प्रमुख कुलदिप मिश्रले खबरपात्राेलाई जानकारी दिएकाछन् ।

    समुहले कोही नभएको मौका छोपी रातिको समयमा सो शाखामा रहेको कम्प्यूटरको मनिटर, किबोर्ड र माउस चोरी गरेको तर कम्प्युटरको सिपियु भने यथास्थानमै भेटिएको मिश्रले जानकारी दिए । चोरीको घटनाबारे जानकारी पाए लगत्तै  प्रहरी कार्यालय गोबरहियाले अनुसन्धान सुरु गरेको र दोषी जो कोहीलाई पनि कडा कार्यवाही गरिने बताएको छ ।