बिहिवार , आषाढ ३, २०७८
असार ३, नवलपरासी ।
भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १० लाख १२ हजार मुल्य बराबरको खसी पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको छ ।
सिमा प्रहरी चौकी महेसपुरबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नम्बर ४ दरखासेबाट ४६ वटा खसी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले बताएका छन् ।
तस्करीमा सम्लग्न समुहले एक–एक गरि खसि डोर्याउदै ल्याउने क्रममा गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि सो समुह खसीहरु छोडेर भागेको लामाले जानकारी दिए । बरामद गरिएका खसीहरु आवश्यक कारबाहीका लागि महेषपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
भारतसङ्गको खुल्ला सिमानाका कारण नवलपरासीमा खसी, बोका, कुखुरा लगाएत खाद्यान्न, लत्ताकपडा, लागुपदार्थ, इलेक्ट्रोनिक सामानहरु अबैध रुपमा भारतबाट ल्याउने र नेपाललका विभिन्न ठाउँहरुमा पुर्याउने गिरोहहरु लामो समयदेखि निकै सक्रिय छन् ।
प्रहरीले समय–समयमा भारतबाट अबैध रुपमा भित्रीएका सामाग्रीहरु ठुलो परिमाणमा बरामद गर्ने गरेको भएपनि तस्करीमा सम्लग्न मुख्य गिरोह भने गुमनाम छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij