२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

नारायणी नदीमा पानीको बहाब उच्च, जोखिम कायमै

बुधवार , आषाढ २, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • असार २, नवलपरासी ।

    चितवनको देवघाटमा नारायणी नदिले खतराको तह पार गरेपछि सम्भावित खतरालाई मध्यनजर गर्दे पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजका ३६ ओटै ढोका खोलिएको छ ।

    बुधबार दिउँसोसम्म पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजमा प्रतिसेकेन्ड ४ लाख १२ हजार क्युसेक पानीको बहाव रहेकोमा साझपख भने पानीको बहाव घटेर ४ लाख ८ हजार क्युसेक पुगेपनि गण्डक क्षेत्र वरपरका बस्तीमा बाढीको उच्च जोखिम कायम नै रहेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । नारायणीको बाढिका कारण पश्चिम नवलपरासीमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुस्ता वरपरका क्षेत्रमा शसस्त्र प्रहरी र अन्य नवलपरासीको दक्षिणी क्षेत्रका पालिकाहरुमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मिलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

    जिल्लामा बाढीले अहिलेसम्म कुनै ठुलो धनजनको क्षति नभएको भएपनि पहाडी क्षेत्रबाट बग्ने सहायक खोलाहरुको बाढि पसेर पानीको निकाश नहुदा सरावल,प्रतापपुर, पाल्हिनन्दन र सुस्ताका केहि बस्तिहरुमा डुवान भएको छ । डुवानका कारण बस्ती र खेतीयोग्य जमिन जलमग्न भएको छ । वर्षा थपिदै गएमा नारायणी नदि र सहायक खोलाहरुमा पानीको बहाब पनि बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले नदी आसपासमा बस्ने स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ ।