२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

सरावल गाउँपालिका जलमग्न

बुधवार , आषाढ २, २०७८

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • नवलपरासी, २ असर

    पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाकाे केही भुभाग जलमग्न भएको छ । तीन दिनकाे अबिर वर्षाले सरावल गाउँपालिकाकाे केही भुभाग सहित घर पनि डुबानमा परेको छ ।

    गाउँपालिका भित्रका वडा नम्बर २,३,४,५,६ र ७ लगाएतका भुभाग र घरहरु जलमग्न भएको छ । बर्सेनि वर्षाका कारण आउने बाढीले भुभाग सहित घरहरू समेत डुबानमा पर्ने गरेको र याे वर्ष समेत जलमग्न भएको छ । सरावल गाउँपालिका वडा नम्बर ५,६ र ७ का धेरै जसाे भुभाग र घरहरू डुबानमा परेको र बालिनालि समेत डुबानमा परेको छ ।

    प्रत्येक बर्ष आउने बाढीले स्थानीय बासिहरुकाे जनजिवन प्रभावित बनाउने गरेको र यसकाे राेकथामका लागि स्थानीय सरकारले समयमै पहल नगरेकोले समस्या खेप्नुपरेको आम जनसमुदायको गुनासो रहेको छ । वर्षा याममा आएकाे बाढीले बालिनालि र धनजनको क्षति समेत गर्ने गरेको र आवत जावतमा समस्या भएतापनि स्थानीय सरकारले केही सेवा सुविधा उपलब्ध नगराएकाे भन्दै  गाउँपालिका बासिहरुले दुख पाेखेका छन ।

    एकातिर काेराेनाले ज्यालादारी गर्न नपाएर एक छाक टार्न कठिन भएको र लाईट नहुँदा अध्याराेमा आवत जावत गर्न समस्या परेको स्थानीय सन्दिप यादव बताउँछन् । वडा नम्बर ६ र ७ का कुर्थावल जिगिनिहवा मधवलिया खडाैना नाैडिहवा,भुजहवा गडेशपुर र पाल्हिनन्दनकाे शंकरपुर बढि डुबानमा परेको छ।