images

आइतवार, बैशाख १६ गते २०८१

शान्ति समाजको ‘रगत दान गरौं जगत बचाऔं’ अभियान, ११ जिल्लामा सम्पन्न 

शान्ति समाजको ‘रगत दान गरौं जगत बचाऔं’ अभियान, ११ जिल्लामा सम्पन्न 

images
images
images
सोमवार, जेठ ३१ २०७८
सोमवार, जेठ ३१ २०७८
  • शान्ति समाजको ‘रगत दान गरौं जगत बचाऔं’ अभियान, ११ जिल्लामा सम्पन्न 

    बुटवल, ३१ जेष्ठ।

    images

    राज्यका सबै शक्ति लगाएर भएपनि सबै नागरिकलाई खोप उपल्वध गराउनु पर्ने मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले बताएका छन्। विश्व रक्तदाता दिवस १४ जुन (३१जेठ)का अवसरमा शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै सभापति खनाल सो कुरा बताएका हुन्।t (1).jpg

    सभापति खनालले राज्यले वितरण गरेको खोपमा नातावाद र कृपावाद हावी भएको आरोप लगाउदै सरकारले लक्षित वर्गसम्म पुराउन नसकेको बताए। खनालले रगतलाई राज्यले निःशुल्क रुपमा वितरण गर्ने घोषणा गरेपनि निजि र सरकारी अस्पतालहरुमा विभेद भएको बताउदै तुरुन्त सबैलाई समान गर्न समेत आग्रह गरेका छन्। ‘रगत दान गरौं जगत बचाऔं’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल, शाखा सहसचिव कृष्णप्रसाद पाण्डे, समाजका शुभचिन्तक मनोज ढोंजुसहित २ दर्जन बढीले रक्तदान गरेका थिए। 

    सो अवसरमा सभापति खनालसहित नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, जिल्ला सभापति डिपी खनाल, सहसचिव कृष्ण पाण्डेलगाएतले रक्तदानको आवश्यक्ता र महत्वबारे प्रकाश पारेका थिए। मानव अधिकार तथा शान्ति समाजका अनुसार आज ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि शान्ति समाजले आवश्यक स्वास्थ्य सुरक्षा सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो।  

    यसैगरि शान्ति समाजको कपिलवस्तु शाखा र रेडक्रस वाणगंगा उपशाखाको संयुक्त आयोजनामा वाणगंगामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गरेका छन्। साथै काठमाण्डौ जोरपाटीको दक्षिण ढोकास्थित शान्ति बाटिकामा शान्ति समाज काठमाण्डौ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा श्रीकृष्णराज पुडासैनी, रुपा भट्टराई, सुर्यमान तामाङ, सविता खनालसहित २७ जनाले रक्तदान गरेका छन्। 

    यसैगरी शान्ति समाज नवलपरासी वर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिरहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शान्ति समाजका शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गरेका थिए। उता रौतहट शाखाद्वारा चन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेलसहित १६ जनाले रक्तदान गरेका थिए भने नुवाकोट शाखाद्वारा विदुरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति नारायण श्रेष्ठसहित ८ जनाले रक्तदान गरेको जनाइएको छ। 

    यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा सम्पन्न रक्तदान कार्यक्रममा डा. रेखा रेग्मीसहित २० जनाले र चितवन शाखाद्वारा रक्तदाता दिवसकै अवसरमा ६ जनाले रक्तदान गरेको बताइएको छ। यता ललितपुर शाखा र एकता बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा ललितपुरको नखिपोटमा आयोजित रक्तदान कार्यक्रममा ७ दर्जन बढीले रक्तदान गरेका छन्। 

    पर्सा शाखा र युवा समाज वीरगञ्जको आयोजनामा वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रम शान्ति समाजका सभापति प्रेम पटेल, उप सभापति जिनुमाया मानन्धर, सचिव सुनिन्द्र ठाकुर, सदस्य मृतुन्जय वर्णवाल, बिमल अग्रवाल लगायत ५२ जनाले रक्तदान गरेका छन्। यस्तै विश्व रक्तदाता दिवसकै अवसरमा दाङ्ग शाखाले लामो समयदेखि रक्तदान गर्दै आएका ब्यक्ति र संघ संस्थाहरुको सहभागितामा रक्तदान जीवनदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij