भैरहवा ९ भदौ । भैरहवास्थित भिम अस्पतालको मेडिकल सुपरिटेण्डेन सरुवा गरेर रमाना लिएर गएकै दिन एक जना कोभिड १९ संक्रिमित बिरामीको मृत्यु भएको छ । कोभिड महामारीको वेला प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयले समयाबधि नपुग्दै मेडिकल सुपरिटेण्डेनलाई सरुवा गरेका कारण बिरामीले समयमा उपचार नपाएका हुुन् ।
मेडिकल सुपरिडेण्डेनको सरुवा भएपछि कोभिड बिरामीको उपचार तथा व्यवस्थापनमा अस्पतालले गंभिर लापरबाहि गरेका कारण ती मृत्यु भएको हो । रुपन्देहीको गैडहावा ३ का ५० बर्षिय कल्लु नाउ मुसलवानलाई सोमबार साझ ५ बजेतिर कोभिडको उपचारका लागि भीम अस्पताल पु¥याएपनि ३ घण्टासम्म अस्पतालले भर्ना नलिएको उनका आफन्तले जनाएका छन् ।
उनलाई भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । घर बनाउन मिस्त्रीको काम गर्ने नाउ छतबाट लडेर टाउकोमा चोट लागेका उनको उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा गएका थिए । उनको उपचारका लागि कोरोना जाँच गर्दा पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ आएपछि मेडिकल कलेजले उनलाई कोभिड उपचारका लागि भीम अस्पताल पठाएको थियो ।
मेडिकल कलेजबाट भिम अस्पतालमा कोभिडको उपचारका लागि पुगेका उनलाई डाक्टर नभएको भन्दै लामो समयसम्म अस्पतालले भर्ना नलिदा समयमा उपचार पाएनन्, त्यसैले भाईको मृत्यु भयो मृतकका दाई हसन मोहम्मद नाउले भने लापरबाहि गर्ने डाक्टरलाई कार्वाही गर्नु पर्दछ ।
आईसियुमा राखेर उपचार गर्नु पर्ने बिरामीलाई अस्पतालले भर्ना नलिएपछि उसको अबस्था चिन्ताजनक बन्दै गएको र राती १२ बजेतिर उसको मृत्यु भएको हसन मोहम्मद नाउले गुनासो गरे । समयमा नै भर्ना गरी आईसियुमा राखेर उपचार गरेको भए भाई बाच्ने थियो उनले भने उपचार नै नगर्ने भए किन अस्पताल चलाउनु प¥यो ।
भीम अस्पताल कोभिड १९ का फोकल पर्सन डा. सुमित प्रजापतिले जनशक्ति अभावका कारण सहि उपचार हुन सक्दा बिरामीको मृत्यु भएको स्वीकारे । उनले अस्पतालमा ५ बटा आईसियु वेड सहितको सुबिधा भएपनि आईसियु संचालनका लागि जनशक्ति नभएका कारण आईसियुमा राखेर उपचार गर्न नपाईएको बताए ।
पहिलो चरणको ९८ जना कोभिड बिरामीको सफल उपचार गरी घर फर्काएको भिम अस्पतालमा कोभिड महामारीको बेला मेसु परिवर्तनका कारण बिरामीले उपचार नपाई अकालमै ज्यान गुमाउने हुन कि भन्ने चिन्ता बढेको सरोकारवालाको भनाई छ ।