images

बिहिवार, बैशाख २० गते २०८१

१२ दिनमा यसरी जिते कोरोना : धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल

१२ दिनमा यसरी जिते कोरोना : धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल

images
images
images
मंगलवार, श्रावण ६ २०७७
मंगलवार, श्रावण ६ २०७७
  • १२ दिनमा यसरी जिते कोरोना : धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल

    ल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले कोरोना संक्रमण देखिएको १२ दिनमै कोरोनालाई परास्त पारे । जेठ १२ गते कोरोना पुष्टि भएसङै एकान्तबास बसेका उनले १२ दिनमै कोरोना परास्त गरे । १२ दिनमा कोरोना जितेका धुर्कोट गाउँपालिका भुपाल पोखरेलको यस्तो छ एकान्तबास अनुभुती सहितको खबरपात्रोकर्मी डिबि खड्काले तयार पारेको अन्तर्वार्ता ।

    images
    images
    images

    – तपाइले घरमै बसरे कसरी कोरोनालाई परास्त गर्न सफल हुनु भयो ?
    कोरोनाको कुनै औषधि छैन । औषधि भनेकै कोरोना संक्रमित भएपछि सुरक्षित घरमा बस्नु हो । पौष्टिक आहारा खान खाने र मनोबल उच्च बनाउने हो । मलाई कोरोना संक्रमणको पृष्टी भएसंगै म सुरक्षित साथ घर बसे, पौष्टिक आहारा खाए, ज्वानो, पानी र दुध खाए । मनोबल उच्च बनाए घरमा बस्दा छुटै बाथरुम प्रयोग गरे । सबैको माया सदभाव र हौसलाले नै मैले कोरोनालाई जिते ।

     
    – तपाईले कोरोनाविरुद्धको लडाई जित्नु भएको छ । विश्वलाई नै चुनौति दिएको कोरोना भाइरसबाट संक्रमित हुँदा सुरुका दिनमा कस्तो महसुस भयो । डर कत्तिको लाग्यो ?

    पहिलो कुरा त जुन महामारी फैलिएको छ र म जनतालाई सचेत बनाउनु पर्ने ठाँउमा हुँदा नै म संक्रिमत भएको हुँ । म कुनै मेरो व्यक्तिगत काम तथा आफ्नो कारणले संक्रमित भएको होइन । सामाजिक काम गदै जनप्रतिनिधिको हैसियतले सक्रिय जीवन बिताउँदा लागेको हुदाँ सुरुमा त केही दिन पहिला के होला कसो होला भन्ने लाग्यो । तर क्रमशः जनताको माया सद्भावले चाहिं मेरो मनोबल उच्च भयो र मैले कोरोनाई जिते । म घर छोडेर हिडेको र राजनीतिक जीवन बिताएको २० वर्ष भयो र यो अवधिकै ठुलो चुनौती मैले पार गरे ।

    तपाईले एकान्तबासमा बस्दा पनि धुर्कोटकै विकासको लागी लागि पर्छु नयाँ योजना कोर्छु भन्नु भएको थियो कस्ता कस्ता योजना कोर्न भयो त ?
    महिले एकान्त ासमा बस्दा केही धुर्कोटको विकासको लागी नयाँ योजना कोरेको छु । ती योजनाहरु आगामी बजेटमा समावेश हुँदैछन् । तत्कालै नभनी हाल्यौ ।

    – तपाईले कोरोना जितेर आइसकेको अवस्थामा कोरोना संक्रमित र कोरोना नियन्त्रणको लागी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई तपाई के भन्न चाहनुहुन्छ ।
    भौतिक दुरी कायम गरी हरेक क्रियाकलापमा सहभागी हुनपर्दछ । र त्यति गर्दागदै पनि संक्रमित भइयो भने आत्तिहाल्नुपर्ने अवस्था छैन । सामान्य भाइरस रहेछ र यसलाई सामान्य ढंगले जित्न सकिदो रहेछ । ठुलो लडाई लडनु पर्दैन । संक्रमित भइसकेपछि एकान्तबासमा बस्नुपर्छ । एकान्तबासमा बस्दा खानपान, सरसफाईमा ध्यान दिनुपर्छ र मनोबल उच्च बनाउनुपर्छ ।

    – पछिल्लो समय आरडिटी रिर्पोट पोजेटिभ आउँदा आतिने, भारतबाट आएका नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई हेर्ने दृष्टीकोण अलि हेपाह प्रवृत्ति देखिएको छ नी । यस विषयमा तपाई के भन्न चाहनुहुन्छ ?
    मुख्य कुरा त हामी जोसुकैले होस सुरुमा प्रचार गर्दा सामाजिक दुरीको प्रचार गर्यौ । हामीले सामाजिक दुरीको प्रचार गर्दा सामाजिक बहिष्कारको जस्तो बुझाइ भएछ । सामाजिक दुरी भन्दा नी भौतिक दुरी कायम ग¥यौ । सामजिक रुपमा संक्रमित मान्छेबाट टाढा हुदाँ उसको मनोबल कमजोर हुन्छ । र उसलाई कोरोना जित्न ग्राहो हुन्छ त्यसैले सबैले माया गरौं ।
    त्यति सहजै सर्दो रहेनछ । सरे नी मरिदो रहेनछ । त्यसकारण अब सामाजिक दुरी भन्दा पनि भौतिक दुरीलाई जोड दिएर प्रचारगरौं । संक्रमितलाइ माया, सम्मान र मनोबल बढाउने कार्यमा लाग्नुपर्छ ।

    – पछिल्लो समय सरकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने भनेर कुरा बाहिर आइरहेको छ । तपाई पनि एउटा प्रभावशाली नेता तथा जनप्रतिनिधिसंगै कोरोनालाई जितेर आएको मान्छे अब कसरी कोरोनाबाट बच्दै विकास निमार्णका कार्यलाई अगाडी बढाउँदै नागरिकलाई सहजता प्रदान गर्ने सकिएला ?
    दुईवटा कुरा ख्याल गर्नुपर्छ । नेपालमा तीन महिना लकडाउन गर्दा पनि कोरोना नियन्त्रण भएन । लकडाउनको मोडालिटी परिर्वतन गरिनुपर्छ । जुन घरमा जेष्ठ नागरिक, दीर्घ रोगी, गर्भवती हुनुहुन्छ उहाँहरुलाई छुटै खानपानको व्यवस्था गरी अरु सबै सदस्यले भौतिक दुरी कामय गदै काममा निस्कनुपर्छ । लकडाउनको मोडालीटी परिवर्तन गरिनुपर्छ यो रोगलाई मजदुरहरुले सजिलै जित्छन् ।
    विकास निर्माणका कार्य तथा आर्थिक गतिविधि हुने काम चाहिं सरकारले रोक्न हुँदैन । कोरोनासंग लड्दै सामना गदै जुध्दै अगाडी जाने हो लकडाउने मात्रै कोरोना नियन्त्रण हुँदैन ।

    – प्रसंग बदलौं । अब धुर्कोटमा पनि अब केही विकासका काम हुन्छन ?
    हामीले सबैसंग सल्लाह गर्छौ कार्यपालिकाको बैठकमा कुरा राख्छौ । लकडाउनको मोडालिटीबारे छलफल गछौं । विशेष गरी ज्येष्ठ नागरिक, दीर्घ रोगी, गर्भवतीहरुप्रति ध्यान दिन आश्वयक छ । हामीले पनि उहाँहरुको लागी केही कार्यक्रम लिउछौ । संक्रमित रोक्न सकिदैन अब मृत्युदर रोक्न सरकारले ध्यान दिन आश्यक छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij