images

आइतवार, बैशाख १६ गते २०८१

कोरोनाको दोस्रो लहरका कारण होटल व्यवसाय पुनः संकटमा

कोरोनाको दोस्रो लहरका कारण होटल व्यवसाय पुनः संकटमा

धमाधम बुकिङ्ग रद्द

images
images
images
बिहिवार, जेठ २७ २०७८
बिहिवार, जेठ २७ २०७८
  • कोरोनाको दोस्रो लहरका कारण होटल व्यवसाय पुनः संकटमा

    बुटवल, २७ जेठ । 
    गत वर्ष फैलिएको पहिलो लहरको कोरोना जोखिम कम हुँदै गएपछि विस्तारै चलायमान बन्दै गएको होटल व्यवसाय क्षेत्र दुई महिनायता पुनः संकटमा परेको छ । सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेसंगै होटल व्यवसाय क्षेत्र ध्वस्त बनेको हो । विगत २ महिनादेखि पुनः महामारीका रुपमा फैलिएको डबल म्युटेन्ड भेरियन्ट कोरोना नियन्त्रण, रोकथाम र उपचार प्रभावकारी बनाउन जारी गरिएको निषेधाज्ञाका कारण पर्यटन क्षेत्रको एक आधार स्तम्भका रुपमा रहेको होटल व्यवसाय धरासायी बन्दै गएको हो ।

    images

    पहिलो लहरपछि बिस्तारै तंग्रिएको होटेल व्यवसायले क्रमश : गति लिन थालेपछि उत्साहित बनेका होटल व्यवसायीहरु पुनः निरास बनेका छन् । ग्रीष्मकालिन सिजनका लागि पहिले बुकिङ्ग भइसकेका होटलहरु पनि क्रमशः रद्द हुन थालेको र शुन्यको अवस्थामा पुगेको व्यवसायीहरु बताउँछन् ।

    होटल व्यवसायी महासंका अध्यक्ष हिराध्वज शाहका अनुसार गत वर्षको दशैंतिहार पछि होटलहरु राम्रो चल्न थालेका थिए । तर यो वर्ष सुरु भएसंगै फैलिएको कोरोना कहरको दोस्रो लहरका कारण सर्वाधिक प्रभावितमध्ये होटेल व्यवसाय पनि थला परेको भन्दै अध्यक्ष शाहले सरकारले होटेल व्यवसाय पुनःउत्थान गर्ने कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् ।

    अध्यक्ष शाहका अनुसार कोरोना कारण ठूला र साना होटल तथा रेष्टुरेण्टहरु भन्दा मध्यम दर्जाका होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु मारमा परेका छन् । तीमध्ये अधिकांश बैंकबाट ऋण लिएर भाडाका भवनमा संचालनमा रहेका छन् । बैंकको ब्याज र घरको भाडा तिर्न नसकेर अघिल्लो कोरोना कहरमा कयौं होटेल तथा रेष्टुरेण्टहरु पूर्ण रुपमा बन्द भएका थिए । 

    मुलुकभर संचालनमा रहेका करिब २ लाख होटल तथा रेष्टुरेण्टहरुमध्ये महासंघमा आवद्ध ८० हजार भन्दा बढी मध्यम दर्जाका होटल व्यवसाय संचालनमा रहेको अध्यक्ष शाहको भनाई छ । शाहका अनुसार यस क्षेत्रमा ६ लाख भन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने त्यतिनै संख्यामा स्वरोजगार व्यवसायीहरु पनि छन् ।
    अध्यक्ष शाह भन्छन्–‘प्रत्यक्ष अप्रत्यक्ष गरी २० लाख बढी मानिस होटल तथा रेष्टुरेन्ट व्यवसायमा आश्रित छन् । करिब ३ खर्ब बराबरको लगानी रहेको होटल व्यवसाय क्षेत्रमा वार्षिक करिब पौने ४ खर्बको कारोबार हुने गरेको छ भने यसबाट मात्रै राज्यलाई वर्षेनी १० अर्ब भन्दा बढी राजस्व संकलन हुन्छ ।’ 

    होटल व्यवसायी महासंघले उपलब्ध गराएको तथ्यांक अनुसार पुँजी लगानीका आधारमा १० करोडदेखि २० करोडसम्म ठुला लगानीका होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु करिब ५ सय रहेका छन भने १ करोडदेखि १० करोडसम्मका मझौला समुहमा ५ हजार ५ सयको संख्यामा रहेका छन् । त्यस्तै महासंघमा दर्ता भएका १ करोड भन्दा कम लगानीका झण्डै ७४ हजारको संख्यामा होटल व्यवसाय संचालनमा रहेको अध्यक्ष शाहको भनाइ छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij