
बुधवार , जेठ २६, २०७८
जेठ २६, गुल्मी।
हाम्रो समाजमा बिभिन्न तरिकाले राजनीति गर्ने नेताहरु देख्न र भट्न पाइन्छ । कतिपय नेताले राजनीतिलाई प्रमुख प्रमुख पेशा बनाई राजनीतिको नाममा लुटतन्त्र मच्चाई रहेका छन् त कति नागरिकको सेवामा तल्लिन् छन् । तर गुल्मीमा माओबादीका जिल्ला स्तरिय नेताले आफ्नो राजनीति संगै कृषि कर्म गर्दै आएका छन् ।
जिल्ला स्तरीय नेता एवम् पुर्व माओवादी लडाकु तथा नेकपा माओवादी केन्द्रका जिल्ला सचीव वीर बहादुर कार्कीले आफ्नो राजनीति संगै कृषिलाई मुख्य पेशा बनाई गुल्मी सदरमुकाममा नर्सरी संचालन गर्दै आएका छन् । दश वर्षे जनयुद्धका पुर्व माओवादी लडाकु नेकपा माओवादी केन्द्रका जिल्ला सचीव कार्कीले विगत ८ वर्ष देखी रेसुङ्गा नगरपालिका वडा नं ९ चारीखोलामा रेसुङ्गा मदाने जडिबुटी तथा कृषि उत्पादन प्रसोधन प्रा.लि दर्तागरि नर्सरीमा बिरुवा उत्पादन गर्दै आएका छन् ।
२ रोपनी जग्गा आफ्नो र ८ रोपनी जग्गा लिजमा गरी कुल १० रोपनी जग्गामा नर्सरी संचालन गरेका हुन् । सदमुकाम नजिकै चारीखोलामा अबस्थित रेसुङ्गा मदाने जडिबुटी तथा कृषि उत्पादन प्रसोधन प्रा.लि नामक नर्सरीमा ४० हजार सुन्तला, ३० हजार कागती, ५ हजार टिमुर, ३ हजार अनार, ३ सय चियापत्ति लगाएत घासँका बिरुवा उत्पादन गरेका छन् ।
नर्सरीमा उत्पादन गरेका विरुवा गुल्मी ,अर्घाखाँची, पाल्पा लगायतका जिल्लामा बिक्रि बितरण गर्दै आएतापनि उत्पादन गरिएको सबै बिरुवा बिक्री नभएको नेकपा माओबादी सचीब कार्कीको गुनासो छ । गत बर्ष कार्कीले नर्सरीमा उत्पादन गरी ९ लाखको बिरुवा वाग्लुङ्ग र पर्वत बचेका थिए । गत बर्षको बिक्रि भएपछि त्यसको तुलनामा यस बर्ष बिरुवा दोब्बर उत्पादन गरेका छन् ।
उनले नर्सरी संगै किबी खेती गरेका छन् । राजनीति सेवा भएकाले उत्पादन गरेका बिरुवा बिक्रि गरेर कार्कीको परिवारले गुजरा चलाउँदै आएका छन् । कार्की भन्छन् “गुल्मी भन्दा बाहिरका जिल्लामा माग भयो तर जिल्लाका सम्बन्धित निकायले चासो देखाएनन्” । आफुले कृषिमा भबिष्य देखेर लगानी गरेको तर बिरुवा बिक्रिमा बजारीकरणको समस्याले आफु मारमा परेको कार्कीले बताए ।
जिल्लामा उत्पादन भएका कृषि उपज र बिरुवामा स्थानिय सरकार र सम्बन्धित निकायले बेवास्था गर्दा कृषक मार खेप्न बाध्य छन् । राष्ट्रिय फलफुल बिकास केन्द्र कीर्तिपुरले बिरुवा खरिदको लाखि फागुनमा बिज्ञापन खुलाई बिरुवा माग गरेको त्यतिबेला कार्की छुटेकोे प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई ,गुल्मी कार्यालय प्रमुख नारायण काफ्ले बताए । सरकारी मुल्य र मापदण्ड पुरा गरेर बिरुवा बिक्रि बितरण गरेमा बिरुवा बजारीकरणमा आफुहरुले सक्दो सहयोग गर्ने कार्यलय प्रमुख काफ्लेको भनाई छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij