२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

दाङमा थप ७ दिन निषेधाज्ञा

मंगलवार , जेठ २५, २०७८

 जेठ २५ गते, घोराही ।

दाङमा  एक सातालाई निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको मंगलवार घोराहीमा बसेको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । जस अनुसार अव खाद्यान्न पसलहरु हरेक दिन विहान ६ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एव समितिका अध्यक्ष दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार अब सबै प्रकारका बैंकहरु हरेक दिन बिहान १० देखि २ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । बैठकले होटेल, रेष्टुरेण्ट,डान्सवार, खाजाघर, कपाल काट्ने पसललगायतका अन्य व्यवसायहरु खोल्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् ।