२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

रुपन्देहीमा भदौ १४ गतेसम्म ‘लकडाउन’

आइतवार , भाद्र ७, २०७७

  • 12.5K
    Shares
  • 12.5K
    Shares
  • भैरहवा ७ भदौ ।
    जिल्ला प्रशासन कार्यालय रुपन्देहिले जिल्लाभर लकडाउनको समयाबधी थप गरेको छ ।  समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण बढेपछि रुपन्देहीमा थप एक हप्ताको लागि लकडाउन थपिएको प्रशासनले जनाएको छ । 

    यस अघि भदौ ७ गते सम्मका लागि आब्हान गरिएको लकडाउन अब भदौ १४ गते राति १२ बजे सम्मका लागि गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए ।  

    जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणको लागि भदौं १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको प्रजिअ पन्थले जानकारी दिए । 

    लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी साधनलाई प्रतिबन्ध लगाईएको छ ।