images

बिहिवार, बैशाख २० गते २०८१

गुल्मीमा गाई काटेर खाएको आरोपमा दुईजना पक्राउ 

गुल्मीमा गाई काटेर खाएको आरोपमा दुईजना पक्राउ 

images
images
images
शनिवार, जेठ २२ २०७८
शनिवार, जेठ २२ २०७८
  • गुल्मीमा गाई काटेर खाएको आरोपमा दुईजना पक्राउ 

    गुल्मी, २२ जेठ । 
    गुल्मीमा गाई काटेर मासु खाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर १ लिलिङ्गका २४ वर्षिय रमेश श्रीस र २२ वर्षिय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    सोही वडाकी स्थानीय हिरा पुनले २२ दिन अघि पाल्न गाई किनेर घर ल्याएकी थिइन् । पुनको गोठमा बानिएको गाई दुईजना मिलेर जंगलमा ल्याइ काटेर खाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

    गाईको मासु काटेर घर–घरमा लगेको र टाउको र छाला गाडेर छाडेको अवस्थामा फेला पारेको पारेको डीएसपी पाण्डेले बताए ।  घटनामा संलग्न थप मानिसहरु खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    जेठ १६ गते गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ पाटाखर्कमा एक हल गोरु घनको प्रयोगमा मारी काटेर पित्त झिकेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij