२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

पुजारी हत्या गर्नेलाई कारवाही गर्न हिन्दू युवा वाहिनीको माग

आइतवार , भाद्र ७, २०७७

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, ७ भदौ ।
    हिन्दू युवा वाहिनी, नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले पुजारीको हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या र कैलालीको गोदावरी गोरक्षधामका सन्तयोगी श्री शिवनाथ महाराजमाथि सांघातिक हमला गर्ने दोषीलाई यथाशक्य कानूनी दायरामा ल्याउन हिन्दू युवा बाहिनीले माग गरेको छ ।

    वाहिनीले विज्ञप्ती जारी गर्दै दिनानुदिन हिन्दु धर्म र त्यसका पक्षपोषकमाथि भइरहेको हिंसात्मक प्रहार तथा अमानवीय व्यवहार एकदमै अक्षम्य र  निन्दनीय रहेको जनाएको छ ।

    bigyepti.jpgजिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष लक्ष्मण गुप्ताद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कुकृत्य गर्ने कुनै पनि व्यक्ति वा संगठन कानूनको नजरमा निर्दोष रहन सक्दैन ।’