२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

राष्ट्रिय सभा निर्वाचनमा काङ्ग्रेसका पाण्डेय विजयी

सोमवार , जेठ १७, २०७८

दाङ,१७ जेठ ।

राष्ट्रिय सभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन । नेपाली काग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो ।

पाण्डेयले ५२८ मतभार अन्तरले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पछि पारेका हुन । खड्कालाई एमाले,महन्त ठाकुर समूह लगायतकाको समर्थन रहेको थियो । पाण्डेय यस अघि प्रदेश सभा सदस्य थिए ।

एमालेबाट जितेका पाण्डेयले राजिनामा दिएर काग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तह तर्फ २१२४ मत भार र प्रदेश तर्फ मतभार २०१६ प्राप्त गरेका छन । खड्काले स्थानीय तह मतभार र प्रदेश तर्फ १९२० मतभार प्राप्त गरेका छन । निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।

निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भयको थियो । नेपालगन्ज उपमहानगर का नगर प्रमुख,नरैना गाउपालिका र दरबार गाउपलिकाका अध्यक्ष मत हाल्न आएनन ।

193656165_171266364941957_1325018106563734923_n.jpg