images

शुक्रवार, बैशाख २१ गते २०८१

रुपन्देहीका उद्याेगी व्यवसायीले भने–बजेट समग्रमा राम्रो छ, कार्यान्वयन हुनुपर्छ

रुपन्देहीका उद्याेगी व्यवसायीले भने–बजेट समग्रमा राम्रो छ, कार्यान्वयन हुनुपर्छ

images
images
images
आइतवार, जेठ १६ २०७८
आइतवार, जेठ १६ २०७८
  • रुपन्देहीका उद्याेगी व्यवसायीले भने–बजेट समग्रमा राम्रो छ,  कार्यान्वयन हुनुपर्छ

    सरकारले हिजो शनिबार प्रस्तुत गरेको बजेटका विषयमा विभिन्न प्रतिक्रिया आएका छन् । रुपन्देहीका उद्योगी तथा व्यवसायीले पनि मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले बजेट विगतको भन्दा उद्योगी व्यवसायीमैत्री आएको बताएका छन् भने कतिपयले बजेट राम्रो भए पनि कार्यान्वयन हुनेमा शंका गरेका छन् । यस्तो छ रुपन्देहीका व्यवसायीहरुले बजेटबारे दिएको प्रतिक्रिया । 

    images
    images
    images

    बजेटले सम्भावनाका ढोकाहरु खोल्ने प्रयास गरेको छ  
    बाबुराम बोहोरा–अध्यक्ष, रुपन्देही उद्योग संघ बुटवल 

    आगामी आर्थिक वर्ष २०७८/८९ का लागि बिनियोजन गरिएको बजेट समग्रमा राम्रो छ । केही हदसम्म भए पनि उद्योग र उद्योगीमैत्री बजेट आएको छ । विगतदेखि उठान गरेका कुराहरु केही मात्रामा भए पनि बजेटमा समेटिएको छ । धेरै वस्तुहरुमा आयकर छुट भएको कुरा जनाइएको छ । कोेभिड प्रभावित उद्योगहरुका लागि पुनर्कर्जाका कुराहरु पनि बजेटमा आएका छन् । बजेटमा पर्यटन उद्योगलाई प्रबद्र्धन गर्ने उद्देश्यले पनि उत्पादनमुलक उद्योगका रुपमा लिइएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिदै जलविद्युत क्षेत्रमा लगानी बढाइएको छ । बुटवल कोहोलपुर ४ लेन सडक विस्तार, सिद्धबाबा सुरुङ्गमार्ग, सिद्धार्थ राजमार्गको डबललेन बनाउने कुरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालनसंगै दोस्रो चरणको बजेट विनियोजनका कुराहरु, बुटवल भैरहवालाई समेटेर मेघा सिटी बनाउने र लुम्बिनीलाई समेत जोड्ने कुरा तथा कोभिडको विषयलाई पनि राम्रै सम्बोधन गरेको छ । कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई समेटेर सन्तुलित बजेट आएको छ । बजेटले संभावनाको ढोका खोलेको भए पनि कार्यान्वयनको पाटो भने कस्तो हुन्छ, राज्यको पुरानै संरचना छ कसरी सहयोग गर्छ, त्यो आउने समयले बताउला । 

    बजेटको कार्यान्वयनको पाटो बनाउनु आवश्यक छ
    दधिराम खरेल–अध्यक्ष, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि., बुटवल

    सरसरर्ती हेर्दा समग्रमा बजेट सन्तोषजनक नै छ भन्नुपर्छ । अहिलेको समयमा सबैभन्दा प्राथमिताको विषय मानव स्वास्थ्य नै हो । देश कोभिडले आक्रान्त बनेको समयमा स्वास्थ्य क्षेत्रमा बजेट राम्रो परेको छ । कार्यान्वयनको पाटो कस्तो हुन्छ त्यो आउने समयले बताउला । विषम परिस्थितिमा पनि आएको बजेटमा कानुनी र जटिलताहरु छन्, एकातिर अहिलेको परिस्थिति छ भने अर्कातिर दैवको लिला पनि जटिलताकै अवस्थामा छ । तीनै कुरा समायोजन गर्न सक्ने परिस्थिति अनुसार आएको बजेटले कार्यान्वयन गर्ने र गराउने पाटो कसिलो हुनु जरुरी छ । बजेट हामी सबैको हो भन्ने र राजनैतिक रुपमा सहकार्य गदै कार्यान्वयन गर्नु पर्ने जरुरी छ । 

    धेरै कुराहरु राम्रा छन, कार्यान्वयनमा शंका छ
    उज्वल प्रसाद कसजु–अध्यक्ष, उद्योग वाणिज्य संघ बुटवल 

    वर्तमान विषम परिस्थितिमा पनि बजेट राम्रै आएको छ । स्वास्थ्य, कृषि, औद्योगिक क्षेत्र र शिक्षा क्षेत्रमा रामै्र बजेट बिनियोजन भएको छ । सामान्यतया ः बजेट भन्दा पनि कार्यान्वयन को पाटो कस्तो हुन्छ हेर्न पर्ने हुन्छ । अथाह सपनासहित बजेट आउने तर खर्च गर्न नसकेर बजेट फ्रिज हुने जस्ता समस्या आएमा खाली किताबको पानामा मात्र सिमित हुनेछ । औषधी, अक्सिजन, भेन्टीलेटर, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा बजेट रामै्र छुट्टाइएको छ । बजेटले कृषिमा आत्मनिर्भर बनाउँदै आगामी ३ वर्षमा गहँवालीमा र ५ वर्षमा धानखेतीमा आत्मनिर्भर बनाउने, दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने जस्ता योजना ल्याएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता बढाएर जेष्ठ नागरिकलाई समेटेको छ । युवा उद्यमीहरुलाई १ प्रतिशत ब्याजमा ऋण दिनु, शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ५ प्रतिशतमा ऋण दिने जस्ता योजनाहरु ल्याएकाले पनि बजेट स्वागत योग्य नै छ । 
    राजस्वको कारोबार घरबाट नै गर्न सकिने, व्यापार घाटा कम गर्न विद्युतीय सवारीमा जोड दिइएको छ । बजेटले भ्याट घटाउने माग समेट्न सकेन, अन्तःशुल्क लगाउदा मानव स्वास्थ्यमा असर गर्ने खैनी, गुट्का, सुर्तीजन्य पदार्थ, रक्सी जस्ता चिजमा लगाउने भनिएता पनि सरकारले हरेक चिजमा लगाएको छ । खाद्यान्न, कस्मेटिक जस्ता सबै कुरामा अन्तःशुल्क लगाएको छ । चाउचाउमा दोहोरो कर छ, चाउचाउ र र्यापर दुवैमा कर लगाइएको छ । कर्जामा उद्योग र वाणिज्यमा फरक हुनुपर्छ भन्ने हाम्रो थियो त्यो भएन । उद्योगलाई कम हुनुपर्छ भन्ने हामी उद्योगीहरुको माग हो । हामी उद्योगीहरुले मात्र राज्यलाई १० अर्व भन्दा बढी उद्योग व्यवसायीबाट कर तिर्ने गरेका छौ । 

    बजेट चुनावमुखी भयो, व्यवसायीलाई आशा भन्दा निराशा बढी
    यमलाल लोहनी–अध्यक्ष, रुपन्देही व्यापार संघ

    झट्ट हेर्दा त बजेट उत्साहजनक छ भन्नुपर्यो । साना व्यवसायीका बारेमा धेरै कुरा बोलेको छ, ठुला व्यवसायीहरुका बारेमा पनि धेरै कुरा बोलेको छ । तर मध्यम दर्जाका व्यवसायीहरुका बारेमा बजेटले खासै सम्बोधन गर्न नसकेको हामीलाई लागेको छ । मध्यम दर्जाका व्यसायीहरुका बारेमा पटक्कै बोलेको छैन भन्दा पनि हुन्छ । चुनावी सरकार भए पनि उद्योग, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयमा धेरै सेवा र सुविधाका कुराहरु पनि उल्लेख गरिएको छ । तर चुनाव घोषणा गरिसकेको सरकारले दिर्घकालिन महत्वका विषयहरु सम्बोधन गर्दा अवको ६ महिनापछि बजेट कसरी कार्यान्वयनको दिशामा बढ्छ । कार्तिक मंसिरपछि आउने अर्को सरकारले यसलाई निरन्तरता दिन्छ या दिँदैन, उत्तरको पर्खाईमा धेरै प्रश्नहरु पनि छन् । बजेटमा उल्लेख भएका अंकहरुका हिसाब किताब तल गएर जोड्दा मिल्दैनन् । कम विद्युत खपत गर्ने, कम पानी खपत गर्ने लगायतका साना कुरामा छुट लगाएतका सहुलियतहरु व्यवस्था गरेर मत बटुल्ने खालको बजेट भन्दा पनि हुन्छ यसलाई । समग्रमा व्यवसायीमुखी भन्दा पनि जनतामुखी छ, आशालाग्दो त छ तर आशा भन्दा बढी निराशाजनक पछि छ ।  
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij