images

शुक्रवार, बैशाख २८ गते २०८१

नियमित रक्तदाता संघद्वारा १०७ युनिट रगत संकलन

नियमित रक्तदाता संघद्वारा १०७ युनिट रगत संकलन

सन्दर्भ गणतन्त्र दिवस  

images
images
images
आइतवार, जेठ १६ २०७८
आइतवार, जेठ १६ २०७८
  • नियमित रक्तदाता संघद्वारा १०७ युनिट रगत संकलन

    बुटवल, १६ जेठ ।

    images
    images
    images

    नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले गणतन्त्र दिवसको अवसरमा १ सय ७ युनिट रगत संकलन गरेको जनाएको छ । कोभिड महामारीको समेत प्रवाह नगरी स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको हो ।

    महामारीको विषम परिस्थितिमा रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर नियमित तथा आकस्मिक रक्तदान गर्दै आएको संघले रुपन्देही र आसपासका क्षेत्रमा  रगतको अभाव हुन नदिन जुनसुकै समयमा पनि रक्तदान गर्न सक्ने गरी व्यवस्थापन गरेको जनाएको छ । 

    नेपाल नियमित रक्तदाता संघ रगत व्यवस्थापन र उप्रेणा गर्दै वि.सं. २०६१ सालमा स्थापना गरिएको संस्था हो । स्वर्गीय सरोज सिलवाल बन्दीको अध्यक्षतामा स्थापना भएको सस्थाले अहिलेसम्म आइपुग्दा रगतको व्यवस्थापनवाट हजारौकोे ज्यान बचाएको छ ।

    नेपाल नियमित रक्तदाता संघ केन्द्रिय कमिटीका अध्यक्ष दयाबहादुर सिलवालको अध्यक्षता, नेपाल औषधि व्यवसाय संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीको प्रमुख आतिथ्यतामा, संघका कानुनी सल्लाहकार दामोदर घिमिरे, सुरेन्द्रकुमार शाक्य, लाइम ७ लेमोनका प्रोप्राइटर सागर पौडेल, कोषाध्यक्ष दिपक अधिकारी, राजेश गैरे लगायतले संघको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

    कार्यक्रम संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत, सदस्य असेस सिलवालको संयोजकत्व तथा संस्थाका सचिव महेश खनालकोे संचालनमा सम्पन्न भएको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij