
शनिवार , भाद्र ६, २०७७
काठमाडौँ ६ भदौ, / विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३० लाख ९८ हजार पुगेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार शनिबार बिहानसम्मा विश्वभर ८ लाख २ हजारबढीको मृत्यु भएको छ ।
त्यस्तै, हालसम्म ६६ लाख बढी केसहरु सक्रिय रहेका छन् भने एक करोड ५६ लाख ९५ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।
वर्ल्डो मिटरको अनुसार पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ४८ हजारबढी संक्रमित थपिएका छन् भने ६१ हजार ८१८ को अवस्था गम्भिर रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij