आइतवार , मंसिर ६, २०८३
काठमाडौं, ६ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिका–सँग सम्झौता गर्न इच्छुक देखिए पनि वासिङ्टनले स्वीकार गर्न सक्ने सर्तमा सहमत हुन तयार नभएको बताउनुभएको छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौता गर्न चाहेको तर आफूलाई स्वीकार्य हुने खालको सम्झौता गर्न नचाहेको बताउनु भयो । यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका सल्लाहकार जारेड कुश्नरले बिहीवार जर्मनीको बर्लिनमा कतारका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेको अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियोसले जनाएको छ । भेटमा अमेरिका र इरानबीच वार्ताको वातावरण बनाउन कतारले गरिरहेको मध्यस्थता प्रयासबारे छलफल भएको बताइएको छ ।
एक्सियोससँग बिहीबार टेलिफोन अन्तर्वार्ता दिँदै ट्रम्पले इरानबारे आगामी कदम चाल्ने विषयमा नयाँ वर्षसम्म निर्णय नगर्ने संकेत गर्नुभएको थियो । यसले अमेरिका–इरानबीचको कूटनीतिक प्रयास तत्काल निष्कर्षमा पुग्ने सम्भावना अनिश्चित रहेको देखाएको छ । यसैबीच, इरानका संसद सभामुख मोहम्मद बाकेर कालिबाफले लेबनानमा जारी युद्ध अन्त्य नभएसम्म पश्चिम एशियाली क्षेत्रमा शान्ति कायम हुन नसक्ने बताउनुभएको छ ।
उहाँले क्षेत्रीय शान्तिका लागि लेबनानको द्वन्द्व अन्त्य हुनुपर्नेमा जोड दिनुभएको हो । अमेरिका र इरानबीच सम्भावित सम्झौताका लागि कूटनीतिक प्रयास जारी रहे पनि दुवै पक्षका सर्त र क्षेत्रीय द्वन्द्वका विषयले वार्ताको प्रक्रियालाई प्रभावित गरिरहेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij