images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीमा कोरोना जित्नेको संख्या २१ हजार नाघ्‍यो

रुपन्देहीमा कोरोना जित्नेको संख्या २१ हजार नाघ्‍यो

पछिल्लो २४ घण्टामा २३५ संक्रमित थपिए

images
images
images
मंगलवार, जेठ ११ २०७८
मंगलवार, जेठ ११ २०७८
  • रुपन्देहीमा कोरोना जित्नेको संख्या २१ हजार नाघ्‍यो

    भैरहवा, ११ जेठ ।
    रुपन्देहीमा कोरोना जित्नेको संख्या २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५०४ जना कोरोना भाइरस संक्रमणबाट निको भएसंगै जिल्लामा कोरोना जित्नेको संख्या २१ हजार १ सय ५२ पुगेको हो । त्यस्तै हालसम्म ३९७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

    images

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गराएका ७६५ जनामध्ये २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बुटवल उपमहानगरपालिकामा ६०, सिद्धार्थनगर नगरपालिकामा १५, सियारी गाउँपालिकामा ५, देवदह नगरपालिकामा १७, मायादेवी गाउँपालिकामा ५ तथा गैडहवा र मर्चवारी गाउँपालिकामा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

    त्यसै गरी सैनामैना नगरपालिकामा २६, ओमसतिया गाउँपालिकामा ११, कञ्चन गाउँपालिकामा १८, रोहिणी गाउँपालिकामा ३, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ र शुद्धोधन गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

    योसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ३६ पुगेको छ । त्यस्तै जिल्लामा हालसम्म संक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ८७ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।



    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij