२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

सरकारद्वारा कोरोना भाइरसविरुद्धको लडाइ थप प्रभावकारी बनाइँदै

शुक्रवार , भाद्र ५, २०७७

  • 6.4K
    Shares
  • 6.4K
    Shares
  • काठमाण्डौ, ५ भदौ ।

    सरकारले कोरोना भाइरसविरुद्धको लडाइँ थप प्रभावकारी बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठक पूर्णरुपमा कोरोनाकै विषयमा मात्रै केन्द्रित भएको र कोरोनाविरुद्ध थप समन्वय गर्दै अघि बढ्ने निर्णय गरेको सरकारका प्रबत्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । 

    सरकारले अन्तर्राष्ट्रिय सीमा क्षेत्र र जिल्लाभित्र कोरोना सङ्क्रमित धेरै भएका स्थानमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र त्यसको लागि स्थानीय प्रशासनले गस्ती गराउने पनि सरकारले जनाएको छ ।

    सरकारले मापदण्ड पालना नगर्नेलाई कडाइका साथ कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । देशभित्रको आर्थिक चहलपहल शून्य नहोस भनेर लकडाउन हटाएर स्वास्थ्यका मापदण्ड पालनालाई जोड दिइएको अर्थ मन्त्री खतिवडाले बताए । 

    काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम दिन प्रति दिन बढ्दै गरेकाले ठूला क्वरेण्टीनको प्रबन्ध र सञ्चालन गर्न एकीकृत व्यवस्थापन समिति पनि गठन गर्ने सरकारले निर्णय गरेको छ ।