२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

रण अम्बिका आँखा अस्पतालमा ईएनटीको शल्यक्रिया सेवा सुरु

सोमवार , आश्विन १९, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, १९ असोज । रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर (श्री रण अम्बिका शाह आँखा अस्पताल) मा सोमबारदेखि नाक, कान तथा घाँटी (ईएनटी) को शल्यक्रिया (अपरेशन) सेवा सुरु भएको छ । 

    आँखा उपचारमा दक्षिण एसियामै अग्रणी स्थान बनाएको अस्पतालले बिरामीहरूको सहजताका लागि सेवा विस्तार गर्दै ईएनटी विभागअन्तर्गत शल्यक्रिया समेत सेवा प्रदान गर्न अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताउनुभयो ।

    अस्पताल प्रशासनका अनुसार आँखाका साथै नाक, कान र घाँटीको समस्या लिएर आउने बिरामीहरूलाई एकीकृत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक उपकरणसहित यो सेवाको शुभारम्भ गरिएको हो । अस्पतालमा दक्ष तथा अनुभवी नाक, कान, घाँटीरोग विशेषज्ञहरूद्वारा नियमित ओपिडी जाँचका साथै विभिन्न किसिमका शल्यक्रियाहरू सञ्चालन गरिनेछ ।

    लामो समयदेखि विशिष्टीकृत आँखा उपचार सेवा दिँदै आएको रण अम्बिका शाह आँखा अस्पतालमा नाक, कान तथा घाँटीको शल्यक्रिया समेत सुरु भएपछि यस क्षेत्र तथा आसपासका बिरामीहरूलाई थप राहत मिल्ने विश्वास लिइएको छ ।