२०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

२६ वर्षीय ओजश शर्माले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

आइतवार , आश्विन १८, २०८३

  • 421
    Shares
  • 421
    Shares
  • भैरहवा, १८ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा रुपन्देहीको भैरहवाका २६ वर्षीय ओजश शर्माले केन्द्रीय सदस्य पद (युवातर्फ) मा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी शर्मा १८ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले नेविसंघको सिद्धार्थनगर सचिव हुँदै जिल्ला सह–सचिवको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

    काँग्रेसको १५ औं महाधिवेशन अन्तरगत रुपन्देहीको क्षेत्र नम्बर ३ को निर्वाचनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिकामा शर्मा निर्वाचित हुनुभएको थियो ।

    राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील शर्मा विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुनुहुन्छ । उनले व्यवस्थापन संकायमा स्नातक तह (बीबीए) उत्तीर्ण गर्नुभएको छ ।

    युवा उमेरमै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहनुभएका शर्माले आफ्नो राजनीतिक तथा संगठनात्मक अनुभवलाई आगामी दिनमा पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी अघि बढाएको बताउनुभएको छ। उहाँले आफूलाई केन्द्रीय सदस्यमा मतदान गरी जिताउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुमा आग्रह समेत गर्नुभएको छ ।

    २६ वर्षकै उमेरमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीले उहाँको राजनीतिक महत्वाकांक्षा र युवाको नेतृत्वप्रतिको चाहनालाई देखाउँछ ।