२०८३, आश्विन १६ गते

Oct 02 2026 | २०८३, आश्विन १६ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

शुक्रवार , आश्विन १६, २०८३

  • 55
    Shares
  • 55
    Shares
  • बुटवल, १६ असोज । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया (अपरेशन) गरिएको छ । चालु आर्थिक वर्ष २०८३÷०८४ को भदौ महिनामा नियमित तथा इएचएस (अतिरिक्त सेवा अवधि) अन्तरगत सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गरिएको हो । 

    सेवाग्राहीको चाप बढ्दै गएको अवस्थामा शल्यक्रिायका लागि आउने बिरामीको संख्या अत्याधिक रहेको र महिनौंसम्म पालो कुर्नुपर्ने अवस्था रहेको बताइएको छ । अस्पतालमा सर्जिकल विभागको शुक्रबार आयोजित क्लिनिक अडिटमा तथ्यांक प्रस्तुत गर्दै सर्जिकल विभाग प्रमुख रचना कार्कीले चुनौति र सुधारका योजनाहरु प्रस्तुत गर्नुभयो । कार्कीका अनुसार भदौमा नियमिततर्फ ४९७ र ईएचएसतर्फ २४४ जनाको शल्यक्रिया गरिएको हो । 

    सेवा परीक्षण कार्यक्रममा बोल्दै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीको चाप, उपलब्ध जनशक्ति तथा स्रोतसाधनको अवस्थालाई मध्यनजर गर्दै सबैले अधिकतम प्रयास र लगनशीलतामा जोड दिनुभयो । उहाँले सेवाग्राहीलाई सरल र सौहार्द परामर्शमा जोड दिनुभयो । छलफलमा अस्पतालका विभागीय प्रमुखहरुले सेवाको अवस्था, चुनौति र समाधानका उपायहरुबारे सुझाव प्रस्तुत गरेका थिए । 

    नर्सिङ विभाग प्रमुख नेहा थापाको सञ्चालनमा भएको कार्यक्रममा अस्पताल प्रमुख (मेडिकल सुपरीटेण्डेण्ट) डा. विष्णु गौतमले सेवालाई प्रभावकारी बनाउनका लागि सामूहिक पहलमा जोड दिनुभयो । सबै सेवाको समयसमय समयमा परीक्षण तथा मूल्यांकन गर्न आवश्यक रहेको बताउँदै उहाँले जिम्मवारपूर्ण भएर लाग्न निर्देशन दिनुभयो ।