२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

रुपन्देही–५ बाट काँग्रेस महाधिवेशन प्रतिनिधिमा सुष्मिता ढुंगाना सर्वसम्मत

बिहिवार , आश्विन १५, २०८३

  • 262
    Shares
  • 262
    Shares
  • रुपन्देही, १५ असोज । नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ५ बाट युवा महिलातर्फ केन्दीय महाधिवेशन प्रतिनिधि पदमा सुष्मिता ढुंगाना सर्वसम्मत निर्वाचित हुनुभएको छ । ३० वर्षीया ढुंगाना उद्यमी तथा बैंकिङ क्षेत्रको अध्ययन र कार्यअनुभव भएकी युवा हुनुहुन्छ । 

    सामाजिक क्षेत्रमा समेत सक्रिय ढुंगानाले लायन्स क्लबमा सदस्य तथा पूर्व कोषाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ । विभिन्न सामाजिक संस्थामार्फत समुदायसँग जोडिएर काम गर्ने अवसर पाएको उहाँको भनाइ छ । 

    ढुंगानाले आफूलाई सर्वसम्मत निर्वाचित गराउनुहुने सम्पूर्णप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ । उहाँले राजनीति आफ्नो लागि पद प्राप्त गर्ने माध्यम नभइ समाज र संगठनप्रतिको जिम्मेवारी भएको बताउनुभएको छ ।

    अग्रजको अनुभवलाई सम्मान गर्दै युवाको उर्जा र नयाँ सोचलाई जोडेर नेपाली काँग्रेसलाई अझ संगठित, उत्तरदायी र जनमुखी बनाउन योगदान दिनुपर्ने उहाँको भनाइ छ ।