२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

मर्यादपुरमा निःशुल्क आँखा शिविर, २७५ जनाले लिए सेवा

बुधवार , आश्विन १४, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • भैरहवा, १४ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ३ स्थित मर्यादपुरमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । स्थानीय मर्चवार संचार सहकारी संस्था लिमिटेडको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा मंगलबार उक्त शिविर सञ्चालन गरिएको हो ।

    WhatsApp Image 2026-09-30 at 12.36.31 PM (1).jpeg

    शिविरमा स्थानीय तथा आसपासका क्षेत्रका २७५ जना बिरामीहरूको दृष्टि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ५२ जना बिरामीहरूमा मोतियाबिन्दु  फेला परेको छ ।

    मोतियाबिन्दु फेला परेका ती सबै बिरामीहरूलाई थप उपचार तथा शल्यक्रिया का लागि भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा रिफर गरिएको छ ।

    शिविरमा वरिष्ठ नेत्र अधिकृत संजिव अधिकारी नेतृत्वको चिकित्सक तथा प्राविधिकहरूको टोलीले बिरामीहरूको आँखा परीक्षण गरेको थियो । ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै आँखा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविरको आयोजना गरिएको अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेयले जानकारी दिनुभयो ।