२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

श्रीकृष्ण अर्यालको ‘मुटु गालेको’ सार्वजनिक

शनिवार , जेठ ८, २०७८

भैरहवा, ८ जेठ । 
गायक श्रीकृष्ण अर्यालको लोक दोहोरी गीत ‘मुटु गालेको’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । योग्सना डिजिटलको युटुभ च्यानलबाट सार्वजनिक भएको यो गीतमा श्री कृष्ण अर्याल र अस्मिता क्षेत्रीले स्वर दिएका छन् । 

त्यस्तै प्रदिप प्रखर पोखरेलको शब्द, गणेश अधिकारीको लय, विनोद बाजुरेलीको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियो स्मृति तिमिल्सीना ‘गुरुआमा’ ले निर्देशन गरेकी हुन् ।