२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

लागूऔषध, मानव बेचबिखन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया

बुधवार , आश्विन ७, २०८३

  • 169
    Shares
  • 169
    Shares
  • भैरहवा, ७ असोज । लागूऔषध, मानव बेचबिखन तथा बालविवाह न्यूनीकरण सम्बन्धी सुरक्षा निकाय तथा नागरिक संस्थाबीच अन्तक्रिया कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ । 

    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका सह-सचिव सन्तोष आचार्यले बाल बेचबिखन, बाल बिवाह, बालश्रम र सीमा क्षेत्रमा बाल अधिकार संरक्षणका चुनौती विषयमा आयोग र सरोकारवालाको भूमिकाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    मानव बेचबिखन तथा ओसारपसारको अवधारणा, नेपाल कानूनमा मानव बेचबिखन तथा ओसारपसार, बेचबिखनको बदलिदो स्वरुप, वैदेशिक रोजगार आप्रवासन बीचका अन्तरसम्बन्धहरु, मानव तस्करी र मानव बेचबिखनबीचको फरक र अन्तरसम्बन्ध, मानव बेचबिखन र वेश्यावृतिका बीचमा फरक तथा अन्तरसम्बन्ध जस्ता विविध विषयमा माइती नेपाल आवधिक गृह भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । 

    लागूऔषधसँग सम्बन्धीत विषयमा जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक कल्पना घर्तीले प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसै गरी बालबालिका र बाल अधिकारका बारेमा विजय अधिकारीले जानकारी गराउनुभएको थियो । 

    पिस नेपाल कपिलवस्तुको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा भएको कार्यक्रममा नेपाल प्रहरीका प्रतिनिधिहरु, सशस्त्र प्रहरीका प्रतिनिधि, नागरिक संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो । 

    सहभागीले दिएका सुझाव तथा अनुभवका आधारमा अबका दिनमा नीतिगत रुपमा अगाडी बढ्ने आयोजकले जनाएका छन ।