२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई

बुधवार , आश्विन ७, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • काठमाडौँ, ७ असोज । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको जानकारी संसदलाई गराइएको छ ।

    प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्दै आउनुभएको दैनिक प्रशासनिक कार्यहरू अब अर्थमन्त्री डा. स्वर्णम वाग्लेले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोक्नुभएको प्रतिनिधि सभाको बुधवारको बैठकमा जानकारी गराइएको हो ।

    सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गरिने कामकारबाहीबारे जानकारी गराइएको हो ।