२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

बुटवल कोरोना अस्पतालमा एकजनाको मृत्यु

शुक्रवार , भाद्र ५, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • बुटवल, ५ भदौ । 
    बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मान बहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो । 

    भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार बिहान साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले बताए ।

    भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाबको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेकामा ज्वरो, खोकी र स्वाशप्रस्वासमा समस्या देखिएपछि बुटवल ल्याइएको थियो । 

    मृतक गौतममा मधुमेह र उच्च रक्तचापको समस्या समेत थियो । उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । योसंगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३ पुगेको छ ।