२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

मायादेवी–८ मा कांग्रेसको नयाँ कार्यसमिति निर्विरोध चयन

आइतवार , आश्विन ४, २०८३

  • 139
    Shares
  • 139
    Shares
  • भैरहवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मायादेवी गाउँपालिका–८ मा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन भएको छ।

    असोज ४ गते आइतबार सम्पन्न वडा अधिवेशनबाट तिल बहादुर रायमाझी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो। त्यस्तै उपसभापतिमा सन्देश रेग्मी  र दिपा खत्री क्षेत्री, गुमान सिंह कुँवर सचिव र नविन कुँवर थापा क्षेत्री सह–सचिवमा निर्विरोध चयन हुनुभएको छ।

    WhatsApp Image 2026-09-20 at 14.22.38.jpeg

    वडा कार्यसमिति सदस्यमा टेक बहादुर जि.सी., कविता वि.क., शुष्मा रायमाझी, बाबुराम चमार, प्रदिप यादव, हरिद्वार गुप्ता तेली र संजय शेरचन निर्विरोध निर्वाचित हुनुभएको छ।

    अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिमा देवी प्रसाद चौधरी, मनकाजी सुनार, खेम बहादुर कार्की, किसन सेन्चुरी सुनार, पिताम्बर पाण्डे, रुकमणि चौधरी, सिता देवी विश्वकर्मा, रिता देवी चौधरी, अर्जुन कार्की, दल बहादुर विश्वकर्मा, सुवाश पौडेल, सज्जन वि।क।, मुस्कान चौधरी, विशाल चौधरी, विक्रम बहादुर सुनार, मिना चौधरी, दुर्गा अर्याल, अजय भुज, दुर्गा कुमारी वि।क।, सिद्धार्थ रेग्मी, श्याम प्रसाद श्रेष्ठ, गोकर्ण बहादुर सुनार र हरिन्द्रनाथ चौधरी चयन हुनुभएको छ।

    वडा अधिवेशनबाट सम्पूर्ण पदमा सर्वसम्मतिसहित निर्विरोध निर्वाचन सम्पन्न भएको केशवराज पौडेलले बताउनुभयो । नयाँ कार्यसमितिले पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।