आइतवार , आश्विन ४, २०८३
भैरहवा, ४ असोज । ढुवानी व्यवसायी संघ लुम्बिनी ओमसतिया–२ पडसरी, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले माधव प्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
प्रमुख निर्वाचन अधिकृत जगत बहादुर रायमाझीका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा भेषराज बस्याल, प्रथम उपाध्यक्षमा राम नारायण ठाकुर (मुन्ना), द्वितीय उपाध्यक्षमा विशाल रायमाझी, महासचिवमा बिनोद कुमार अर्याल, सचिवमा रिषि बाबु कुवँर र कोषाध्यक्षमा दिपक रेग्मी निर्वाचित हुनुभएको छ ।
त्यस्तै कार्यसमिति सदस्यमा हरि बहादुर थापा क्षेत्री, पुर्ण बहादुर के.सी., दिपक गौतम र जिवन श्रेष्ठ प्रधान निर्वाचित हुनुभएको छ ।
त्यसै गरी संघको सल्लाहकारमा रामकाजी श्रेष्ठ र विक्रम पन्थी चयन हुनुभएको छ ।
साधारण सभा तथा अधिवेशनको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij