२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

बेन परियोजनाको प्रारम्भिक बैठक सम्पन्न

बिहिवार , आश्विन १, २०८३

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, १ असोज । अपांगता भएका बालबालिकाहरुको अधिकार र संरक्षणका लागि पैरवी कार्यक्रम सिविन नेपाल अन्तर्गत बेन परियोजनाको प्रारम्भिक बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ । 

    बैठकमा परियोजनाका उद्देश्य, कार्ययोजना एवं सरोकारवाला निकायहरुबीच समन्वय, सहकार्य र जिम्मेवारीको विषयमा छलफल भएको थियो ।  बैठकमा सहभागी सरोकारवालाहरुले सफल कार्यान्वयनका लागि प्रतिवद्धतासमेत जनाएका थिए । 

    सिविन नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईको अध्यक्ष्तामा भएको बैठकमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, सामाजिक शाखा प्रमुख लक्ष्मण गिरी, स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्री, शान्ति नमुना माविका प्रध्यानध्यापक लोकनाथ कंडेल, एसओएस बालग्रामका गोविन्द ढकाल, बाहिरा बाल माविका प्रध्यानध्यापक भिम बहाहदुर थापा, अपांगता महासंघका केन्द्रिय सदस्य सावित्रा घिमिरे लगायतले बोल्दै परियोजनाको सफलताको कामनासहित सल्लाह–सुझाव र अनुभव सुनाउनुभएको थियो । 

    बैठकमा परियोजनाका व्यवस्थापक अरुण महर्जनले परियोजनाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सिविन नेपाल बाल हेल्पलाइन रुपन्देही भैरहवाको व्यवस्थापक विष्णु पौडेलको सञ्चालनमा बैठक सम्पन्न भएको थियो । बेन परियोजना नेपालका सातवटै प्रदेशमा लागू भएको परियोजना व्यवस्थापक महर्जनले बताउनुभयो । 

    सिविन नेपाल बाल अधिकार र बालसंरक्षणको क्षेत्रमा विगत ३८ वर्षदेखि काम गरिरहेको सामाजिक संस्था हो । हाल बालबालिका माथि हिंसा, बालयौन दुव्र्यवहारका घटनाहरु अझ बढ्दो अवस्था रहेको सिविन नेपालले जनाएको छ । त्यसमाथि पनि अपांगता भएका बालबालिकाहरु अझ थप जोखिममा रहेका छन ।