बुधवार , भाद्र ३१, २०८३
भैरहवा, ३१ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकाले विश्वकर्मा पूजाको अवसरमा असोज १ गते बिहीबार (भोली) स्थानीय बिदा दिएको छ ।
असोज १ गते रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गाउँ कार्यपालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामूदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । साथै अध्यक्ष यादवले विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण रोहिणीबासीहरुमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij