२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

रुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजना पक्राउ

मंगलवार , भाद्र ३०, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, ३० भदौ । रुपन्देहीमा कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीलाई पक्राउ गरेको छ । ओमसतिया गाउँपालिका–६ बस्ने २३ वर्षिय अमन कुमार धवल र २० वर्षिय सुनिल केवटलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष विश्वकर्माले बताउनुभयो ।

    प्रहरी निरीक्षक विश्वकर्माका अनुसार सोमबार बिहान ७ बजे ओमसतिया–६ नरैनापुर बस्ने अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाईछिपाई राखिएको छ भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

    उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले उक्त घरमा खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, छर्रा २५ राउण्ड फेला परेपछि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ ।