२०८३, भाद्र २८ गते

Sep 13 2026 | २०८३, भाद्र २८ गते

भैरहवाको विपीपथमा सञ्चालनमा आयो ‘एआई कलेक्शन’

आइतवार , भाद्र २८, २०८३

  • 238
    Shares
  • 238
    Shares
  • भैरहवा, २८ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ (भैरहवा) स्थित विपीपथमा ‘एआई कलेक्शन’ सञ्चालनमा आएको छ । मायादेवी फलफूल तथा तरकारी बजार (कान्छीबजार) नजिकै सिद्धार्थनगर–४ निवासी अजय यादव र इन्द्रमणि यादवले उक्त पसल सञ्चालनमा ल्याउनुभएको हो । अजय र इन्द्रमणि दाजु–भाइ हुनुहुन्छ । 

    ‘एआई कलेक्शन’ मा तयारी पोशाक (रेडिमेड) कपडा सुपथ मूल्यमा उपलब्ध हुने सञ्चालक अजय यादवले बताउनुभयो । उहाँका अनुसार पसलमा रेडिमेट सर्ट, पाइन्ट, टिसर्ट, ज्याकेट लगायत कपडा उपलब्ध छ । ‘पसलमा कस्मेटिक र जुत्ताचप्पल लगायत अन्य सामान पनि राख्ने योजना रहेको उहाँले बताउनुभयो । ‘विगतमा मार्केटिङ र एकाउण्टिङसम्बन्धी काम गरेको अनुभव छ, अहिले आफै केही गरौं भन्ने सोच आएर १० लाखको लगानीमा पसल सञ्चालनमा ल्याएका छौं, ’उहाँले भन्नुभयो । 

    dddd.JPG

    ग्राहकको व्यस्ततालाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा पसलबाट ‘फ्री होम डेलिभरी’ को व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । अन्य स्थानमा निश्चित शुल्क लिएर कपडा घरसम्मै पुर्याइने उहाँले बताउनुभयो । एआई कलेक्शनको मोबाइल एप्लीकेशन पनि रहेको उहाँको भनाइ छ । ‘पैसा कमाउन विदेश जानुभन्दा स्वदेशमै केही गरौं भन्ने सोचअनुसार व्यवसाय सञ्चालन गरेका छौं, ’यादवले भन्नुभयो ।