बिहिवार , भाद्र १८, २०८३
काठमाडौँ,१८ भदौ । यस वर्षको १८ औं समुन्द्री आँधी ‘साउडेल’ बिहीबार बिहान पूर्वी चीनको फुजियान प्रान्तको तटीय क्षेत्रमा ठोक्किएको छ ।
प्रान्तीय मौसम विज्ञान केन्द्रकाअनुसार बिहीवार बिहान करिव ६ः३० बजे फुजियानको झाङ्झाउ शहर अन्तर्गत पर्ने झाङ्पु काउन्टीको तटीय क्षेत्रमा यो आँधी अवतरण भएको हो । आँधीको केन्द्र नजिक हावाको अधिकतम गति प्रति सेकेन्ड २३ मिटर रहेको जनाइएको छ।
आँधीका कारण हुनसक्ने जनधनको क्षति कम गर्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासनले सुरक्षात्मक उपायहरू अवलम्वन गरेको छ । यस अन्तर्गत जोखिमपूर्ण क्षेत्रहरूको विशेष निरीक्षण गर्नुका साथै उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसअघि, साउडेल आँधीले गत अगस्ट २८ मा पूर्वी चीनकै झेजियाङ प्रान्तको तटीय क्षेत्रमा दुई पटक अवतरण गरेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij