२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

अर्घाखाँचीमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

बुधवार , जेठ ५, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • अर्घाखाँची, ५ जेठ ।
    अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १७, भुमिकास्थान नगरपालिकामा ८, शितगंगा नगरपालिकामा २, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा १ र छत्रदेव गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसंगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा २५, भुमिकास्थान नगरपालिकामा १३, मालारानी गाउँपालिकामा २, पाणिनी गाउँपालिकामा २  र छत्रदेव गाउँपालिकामा १ जना कोरोना जितेर डिस्चार्ज भए सँगै हाल सम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ९ सय ४१ पुगेको छ । 

    अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय १९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा नम्बर ४ कि ५५ वर्षिय महिला र सोही गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । जिल्ला कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।