आइतवार , भाद्र १४, २०८३
भैरहवा, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको सातौं जिल्ला अधिवेशन आइतबार (आज) हुँदैछ । राप्रपा जिल्ला कार्यसमिति, रुपन्देहीको आयोजनामा भैरहवास्थित पटवा बैंक्वेटमा अधिवेशन हुने भएको हो ।
अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम रहेको राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले बताउनुभयो । जिल्ला अध्यक्ष राणाका अनुसार अधिवेशनको समुद्घाटन समारोह आज बिहान ११ बजेदेखि सुरु हुनेछ ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij