मंगलवार , भाद्र ९, २०८३
भैरहवा, ९ भदौ । सामाजिक अभियन्ता भोपेन्द्र प्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वडास्तर (तह)का सम्भावित उम्मेदवारहरूसँग छलफल गर्नुभएको छ ।
मंगलबार रुपन्देहीको भैरहवामा आयोजित छलफलमा स्थानीय तह निर्वाचन, वडा तहमा सम्भावित उम्मेदवारी तथा आगामी राजनीतिक गतिविधिबारे विचार–विमर्श भएको यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा रामदेव यादव, रामकेश गुप्ता, रामअवध गुप्ता, निर्मला हरिजन, शम्भु यादव, भण्डारी यादव, गुन्जा बरई, राजु यादव, लाल बहादुर केवट, सजरुद्दीन मुसलमानलगायतको सहभागीता रहेको उहाँले बताउनुभयो ।
भोपेन्द्र प्रसाद यादव २०७९ र २०८२ सालमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij