२०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

राप्रपा रुपन्देही–४ को क्षेत्रीय अध्यक्षमा सद्दाम शाह

शनिवार , भाद्र ६, २०८३

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४, रुपन्देहीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार कोटहीमाई गाउँपालिका–७ स्थित परसहवा चोकमा भएको अधिवेशनले सद्दाम शाहको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    त्यस्तै क्षेत्र नम्बर ४ (क) मा राजाराम यादवको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । त्यसै गरी ४ (ख) मा सोमनाथ यादवको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

    dekkk.jpg

    राप्रपा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४, रुपन्देहीका अध्यक्ष सद्दाम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन मण्डलका संयोजक सीताराम सिंह, क्षेत्र नम्बर ४ का प्रभारी अजय कुमार गुप्ता, जिल्ला सह–सचिव शंकर खत्री, पूर्व जिल्ला सचिव सुग्रीम त्रिपाठी, संघीय संसदका उम्मेदवार अहमद्दीन खान, विद्यार्थी नेता सलमान खान, अभिजित (चन्दन) तिवारी लगायतको उपस्थिति थियो ।

    राप्रपा रुपन्देहीको जिल्ला अधिवेशन यही भदौ १४ गते भैरहवामा हुँदैछ ।