२०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

घरेलु तथा साना उद्योग कार्यालयको टोलीद्वारा उद्योग नविकरण

शनिवार , भाद्र ६, २०८३

  • 340
    Shares
  • 340
    Shares
  • भैरहवा, ६ भदौ । रुपन्देही उद्योग संघको पहलमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको एक टोलीले रुपन्देहीमा दर्ता भएका विभिन्न प्रकृतिका उद्योगहरुको शनिबार संघको सचिवालयमा नविकरण सम्पन्न गरेको छ ।

    रुपन्देहीमा दर्ता भइ सञ्चालन हुँदै आएका उद्योगहरुलाई नविकरणका लािग सहज होस् भन्ने उद्देश्यले रुपन्देही उद्योग संघले उद्योग नविकरण टोली संघको कार्यालयमा बोलाइ सो सुविधा उपलब्ध गराएको हो । शनिबार बिहान १० बजेदेखि नै सुरु भएको नविकरणको प्रक्रिया दिनभर नै उत्साहजनक चलेकोे संघले जनाएको छ । बुटवलमै उद्योग नविकरण गर्ने अवसर प्रदान गरेको भन्दै उद्योगीहरुले रुपन्देही उद्योग संघलाई धन्यवाद दिएका छन् ।  

    उद्योगीहरुलाई नविकरण सेवा सहज वातावरणमा प्रदान गरेकोमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीलाई संघले आभार प्रकट गरेको छ ।

    घरेलु तथा साना उद्योग कार्यालयबाट निमित्त वरिष्ठ उद्योग अधिकृत लोक कुमार कार्कीको नेतृत्वको टोलीमा अधिकृत छैटौ लक्ष्मी प्रसाद दाहाल, कम्प्युटर अपरेटर भक्त बहादुर मगर, कार्यालय सहयोगी भरत कुमार चौधरी लगायतको सहभागीता थियो । संघले घरेलु तथा साना उद्योग कार्यालयको उद्योग नविकरणको सुविधा संघकै सचिवालयबाट निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योगीहरुको सहजताका लागि संघले यसअघि लामो समयदेखि निरन्तर गर्दै आएको नवीकरण कार्यलाई निरन्तरता दिएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकाले हाल प्रदान गरेको निःशुल्क उद्योग नविकरण र ७५ प्रतिशत जरिवाना छुट सुविधा दिएकोमा उद्योगीले खुसी व्यक्त गरेका छन् ।