२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

कालिकामा स्वागत तथा सम्मान

शनिवार , भाद्र ६, २०८३

  • 523
    Shares
  • 523
    Shares
  • बुटवल, ६ भदौ । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत तथा सम्मान गरेका छन । विद्यालयमा शुक्रबार कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको हो।

    विद्यालयको प्रांगण कालिकानगरमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय रहनुभएको थियो ।

    कक्षा १२ विज्ञान समूहका विद्यार्थी सुदर्शन न्यौपानेको अध्यक्षता, कक्षा १२ व्यवस्थापन समूहको विद्यार्थी प्रतिभा भट्टराईको स्वागत तथा १२ व्यवस्थापन समूहका विद्यार्थी शशी धिताल र युवराज बन्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका शाखा अधिकृत खुमन गैरे, पूर्व प्रधानाध्यापक तथा हाल हाल बुटवल कालिका क्याम्पसका क्याम्पसप्रमुख घनश्याम पाठक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु होम बहादुर गलामी, नित्यानन्द ज्ञवाली, रामचन्द्र क्षेत्री, बुटवल उपमहानगरपालिका शिक्षा अधिकृत कोपिला ज्ञवाली लगायतको विशेष अतिथ्यता रहेको थियो।

    उक्त कार्यक्रममा विद्यालयमा लामो समय अध्यापन गराई निवृत्त हुनुभएका शिक्षक लोकराज घिमिरे, दीपक ज्ञवाली, भुवन गिरी, मधुसुदन बेलबासे लगायतका शिक्षकहरुलाई विदाई समेत गरिएको थियो । त्यस्तै विद्यालयमा नवआगन्तुक शिक्षकहरुलाई स्वागत समेत गरिएको थियो ।

    IMG_2243.jpeg

    कार्यक्रममा विद्यालयका अध्यक्ष तेजेन्द्र खनाल, शिक्षक–अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याल, विशिष्ट अतिथि घनश्याम पाठक, पूर्व सहायक प्रधानाध्यापक लोकराज घिमिरे, विद्यालयका प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, प्रमुख अतिथि खेलराज पाण्डेयलगायतले नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै आगामी दिनमा विद्यालयले अझ प्रगति गर्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

    विद्यार्थीहरूका गायन प्रतिभा, कविता लगायत थुप्रै साँस्कृतिक प्रस्तुतिहरूले समेत कार्यक्रमलाई आकर्षक बनाएका थिए । कार्यक्रमको संयोजन विद्यालयको अतिरिक्त क्रियाकलाप प्रमुख विवेकराज पोख्रेलले गर्नुभएको थियो ।