२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता

दोस्रो चरणका खेल सुरु, होराईजन जिबिएस, सरस्वती र नयाँगाउँ विजयी

शुक्रवार , भाद्र ५, २०८३

  • 718
    Shares
  • 718
    Shares
  • बुटवल, ५ भदौ । रुपन्देहीको बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्लास्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।

    सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज इङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा होराइजन जीबीएस स्कूल विजयी भएको छ । जिबिएसले सरस्वती माविलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

    त्यसै गरी शुक्रबार नै भएको अर्को खेलमा नयाँगाउँ माविले देवदह इङ्लिस बोर्डिङ स्कूललाई पराजित गरेको छ । नयाँगाउँले २–० गोल अन्तरले देवदहलाई पराजित गरेको हो । त्यस्तै तेस्रो खेलमा युगज्योती माविले त्रिभुवन एकेडेमीलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

    प्रतियोगिता अन्तर्गत शुक्रबार ५ खेल हुने कार्यतालिका रहे पनि वर्षाका कारण तीन खेल मात्र सम्पन्न भएको आयोजकले जनाएका छन् ।  बाँकी दुई खेल शनिबार हुनेछन् । खेलमा टेक बहादुर थापा, पदम बराल, जंगबहादुर थापा उत्कृष्ट उत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कार प्राप्त गरे ।

    प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    पाँचौ दिनसम्म आइपुग्दा प्रतिष्पर्धा निकै रोमाञ्चक भइरहेको भन्दै यसले विद्यार्थीहरुमा नयाँ उर्जा प्रदान गरेको आयोजक ज्ञानपुञ्ज बोर्डिङ स्कूलका  प्राचार्य शंकर भण्डारीले बताउनुभयो । खेल बुटवलको देवीनगरस्थित एन्फा रंगशालामा भइरहेको छ । दोस्रो चरणका खेल दिउँसो १ देखि ६ बजेसम्म समय तय गरिएको छ ।