२०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेपाली काँग्रेस रुपन्देही–३ द्वारा शोकसभा सम्पन्न

बिहिवार , भाद्र ४, २०८३

  • 529
    Shares
  • 529
    Shares
  • भैरहवा, ४ भदौ । नेपाली काँग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीले क्षेत्रीय सदस्य रामवृक्ष अहिरको धर्मपत्नी सुमित्रा देवी अहिरको निधनमा ११ औं दिनको पुण्यतिथिमा बिहीबार शोकसभा कार्यक्रम गरेको छ । सिद्धार्थनगर नगरपालिका–९, उदयपुर निवासी सुमित्राको साउन २५ गते ५६ वर्षको उमेरमा निधन भएको थियो ।

    क्षेत्रीय सभापति तथा युवा नेता सुशील गुरुङको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मानिसको जन्मपछि मृत्यु निश्चित रहेकाले स्वर्गीय यादवको बैकुण्ठ बासको कामनासहित उहाँले देखाएको असल बाटोमा हिंड्नुपर्ने भनाइ राख्नुभएको थियो । 

    कार्यक्रममा काँग्रेसका महासमिति सदस्य सुर्य नारायण यादव, प्रदेश ३ (क) का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगर–९ का वडा सभापति श्याम खनाल लगायतले धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा पार्टीका जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, सह–सचिव कुल प्रसाद न्यौपाने, क्षत्रीय सदस्य रमेश मल्ल, योगेन्द्रनाथ पाण्डे, सरस्वती श्रेष्ठ, यम बहादुर बुढा, पूर्व नगर सचिव संजीव शर्मा रेग्मी, वडा सदस्य अभिषेक रावल, सिद्धार्थनगर–६ का सभापति रामबहादुर गुरुङ्ग, ८ का सभापति टंक ज्ञवाली, १२ का सभापति हरिराज विष्ट, मोहन सिंह, महिला नेतृ पल्लवी न्यौपाने, सलुजा रामदाम, समाजसेवी खड्ग बहादुर राना, चतुर्भुज रेग्मी, युवराज पाण्डे, भुवन राणा लगायतको उपस्थिति थियो । 

    fffff.jpg

    कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव लेखनाथ भट्टराईले गर्नुभएको थियो ।