२०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नवप्रभात, ईडन, स्कलर्स होम, सिद्धार्थ मोडर्न र सैनिक आवासीय विद्यालय विजयी

बिहिवार , भाद्र ४, २०८३

  • 277
    Shares
  • 277
    Shares
  • बुटवल, ४ साउन । रुपन्देहीको बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्लास्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुधबारसम्म १५ खेल सम्पन्न भएका छन् । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज इङ्लिस सेकेण्डरी स्कूल बुटवल–११ नहरपुरको आयोजनामा बुधबार बिहान भएको पहिलो खेलमा नवप्रभात ईगलिस बोर्डिङ स्कूल दोस्रो चरणमा प्रवेश गरेको छ । 

    नवप्रभातले बुटवल पब्लिक स्कूललाई ५–१ गोलले पराजित गर्दै विजयी भएको हो ।  त्यस्तै बुधबार भएको दोस्रो खेलमा ईडन इंगलिस र्बोडिङ स्कुलले पामिर ईन्टरनेश्नल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।  

    देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको तेस्रो खेलमा नवप्रभातको जितमा दीपसन परियारले ह्याट्रिक गरे । त्यसै गरी प्रिन्स पुनले २ गोल थपे । बुटवल पब्लिकका सामिप्या पुनमगरले सान्त्वना गोल गरे । दीपसन खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । त्यसै गरी दोस्रो खेलमा ईडनको जितमा एकमात्र गोल समृद्ध थापाले गरे । उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

    त्यस्तै दिउँसो भएको खेलमा स्कलर्स होम इङ्लिस बोर्डिङ स्कूल विजयी भएको छ । प्रभात इङ्लिस बोर्डिङ स्कूलमाथि विपक्षी टोलीबाट भएको निर्णायक आत्मघाती गोलका कारण १–० गोलअन्तरले स्कलर्स होमले अगाडिको यात्रा सुरक्षित गरेको हो  । पराजित टोलीका खेलाडी भए तापनि उत्कृष्ट व्यक्तिगत प्रदर्शनका लागि प्रभात इङ्लिस बोर्डिङ स्कूलका लभसन रहाडी प्लेयर अफ द म्याच घोषित भए । त्यसै गरी अर्को खेलमा सिद्धार्थ मोडर्न स्कुलले मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कूललाई १–० गोल अन्तरले जीत हासिल गरेको छ । निर्णायक गोलकर्ता समेत रहेका सुशान्त रिजाल प्लेयर अफ द म्याच घोषित भए । 

    त्यस्तै नवरत्न माध्यमिक विद्यालयले सैनिक आवासीय महाविद्यालयलाई हराउँदै अगाडिको यात्रा तय गरेको छ । निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरीमा रहेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा नवरत्नले ३–२ को गोलअन्तरले विजय हासिल गरेको हो ।  दिवान पुन प्लेयर अफ द म्याच घोषित भए ।

    सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज इङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सिद्धार्थ, नवीन औद्योगिक कदर बहादुर माध्यमिक विद्यालय टीम ‘बी’, होराइजन जीबीएस,  श्री नयाँगाउँ माध्यमिक विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।  

    प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विद्यालय तहबाटै खेलाडी उत्पादनमा योगदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । बुटवलको देवीनगरस्थित एन्फा रंगशालामा प्रत्येक दिन बिहान ८ र दिउँसो ३ बजेदेखि खेल भइरहेको छ ।