२०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

लायन्स भैरहवा लिगेसीद्वारा अस्पतालमा फलफूल वितरण

बुधवार , भाद्र ३, २०८३

  • 484
    Shares
  • 484
    Shares
  • भैरहवा, ३ भदौ । लायन्स क्लब अफ भैरहवा लिगेसीले भीम अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको छ । क्लबका सल्लाहकार उमाशंकर पाठक र सदस्य शैलेस उपाध्यायको जन्मोत्सवको अवसरमा मंगलबार फलफूल वितरण कार्यक्रम आयोजना गरिएको क्लबको वर्ष २०२६–०२७ का अध्यक्ष नारायण प्रसाद कोइरालाले बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

    dddljfofof.JPG

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ का एरिया चिफ राकेश गुरुङ, एरिया को–चिफ सुनिल सेन्चुरी, कोषाध्यक्ष रवि कुमार श्रेष्ठ, रिजन १६ का चेयरपर्सन डा.भोजराज बस्याल, लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, निवर्तमान अध्यक्ष राजन शुक्ला, अस्पतालको आकस्मिक विभाग प्रमुख जनक राज पन्त, सुरज उपाध्याय, क्लबका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।