२०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

प्रदेशस्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न

बुधवार , भाद्र ३, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, ३ भदौ । नेपाल–भारत मैत्री संघ लुम्बिनी प्रदेशको आयोजनामा कक्षा ९ र १० का सामुदायिक विद्यालयका विद्यार्थीहरुबीच एकै समयमा प्रदेशस्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । बाँके, दाङ, रूपन्देही र पाल्पा जिल्लाका ४२ वटा सामूदायिक विद्यालयहरूबीचच भएको प्रतियोगितामा ३ सय ३७ जना छात्रछात्राहरूको सहभागीता थियो । प्रतियोगितामा नेपाल र भारतबीचको सम्बन्धका विषयमा शिर्षकहरू बनाइएको थियो । 

    विद्यार्थीहरुलाई शिक्षा र पर्यटनमा नेपाल भारत सम्वन्धको योगदान, नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन विद्यार्थीको योगदान र नेपाल–भारतबीचको जलस्रोत तथा उर्जामा सहकार्य शिर्षकमा निबन्ध लेख्न दिइएको थियो । विद्यार्थीहरूले यी तीन शिर्षकहरूमध्ये कुनै एक शिर्षकमा निबन्ध लेखेका छन् ।

    नेपाल–भारत मैत्री संघ लुम्बिनी प्रदेशको निर्णयानुसार २०८३ भदौ महिनाभित्रै प्रतियोगिताका उत्तरपुस्तिका जाँच गरी प्रथम, द्वितीय र तृतीय घोषणा गरी सम्मान तथा पुरस्कृत गर्ने योजना बनाइएको छ । 
    उक्त प्रतियोगिता सञ्चालन गर्न नेपाल–भारत मैत्री संघका सम्बन्धित जिल्ला शाखा तथा उपशाखाका अध्यक्षहरूलाई निर्देशन गरिएको थियो । जसअनुसार पाल्पामा कृष्ण प्रसाद श्रेष्ठ, रूपन्देहीमा श्रीचन्द्र गुप्ता, बाँकेमा प्रदिप कुमार गुप्ता र दाङमा सुशील कुमार न्यौपानेलाई जिम्मेवारी प्रदान गरिएको थियो । 

    प्रतियोगिताको प्रदेशस्तरीय जिम्मेवारी तथा आवश्यक निर्देशन नेपाल–भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष शिशिर लम्सालले गर्नुभएको थियो ।