२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

स्वास्थ्यकर्मीहरूको पेशागत हकहित सुनिश्चित गर्न माग

मंगलवार , भाद्र २, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • भैरहवा, २ भदौ । नेपाल सि.एम.ए. संघ केन्द्रीय कार्यसमितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री आचार्यलाई भेटेर सि.एम.ए., अहेव लगायतका पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हकहित तथा अधिकारको सुनिश्चितताका विषयमा गम्भीर ध्यानाकर्षण गराइएको नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले बताउनुभयो ।

    उपाध्यायका अनुसार संघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको टोलीले मुख्यमन्त्रीसमक्ष पारामेडिक्स स्वास्थ्यकर्मीहरूमाथि राज्यबाट भइरहेको विभेद, पेशागत हकहित तथा अधिकारमाथिको हस्तक्षेप र अवमूल्यनका कारण हजारौं दक्ष स्वास्थ्य जनशक्ति बेरोजगार बन्नुपर्ने अवस्था सिर्जना भएको विषय उठाएको थियो । प्रदेश सरकारले आवश्यक पहल गरी पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत सुनिश्चितताका लागि स्थायी समाधानको निकास खोज्न आग्रह गरेको छ ।

    भेटका क्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले पारामेडिक्स स्वास्थ्यकर्मीका समस्या गम्भीरतापूर्वक लिदै स्थायी समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको संघले जनाएको छ ।
    त्यसै गरी लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पनि पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत सुनिश्चितताका लागि आफू सकारात्मक र प्रतिबद्ध रहेको बताउनुभयो।

    भेटघाटमा संघका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, गोपाल उपाध्याय, काशीराम अर्याल, उप–महासचिव ईश्वर चापागाईं (नवीन), केन्द्रीय सदस्यहरू जनकराज पन्त, अरुण कुशवाहा, रुपन्देही जिल्ला अध्यक्ष शशिकान्त उपाध्याय लगायतको सहभागीता थियो ।

    नेपाल सि.एम.ए. संघले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हकहित, अधिकार र रोजगारीको सुनिश्चितता तथा राज्यबाट भएको विभेद र अवमूल्यनको अन्त्यको लागि निरन्तर पहल गर्दै आएको संघका केन्द्रिय उपाध्यक्ष गोपाल उपाध्यायले जनाउनुभयो ।